इजरायलमा नेपालीहरूको अवस्थाबारे राष्ट्र संघलाई अनेरास्ववियुको ध्यानाकर्षण – Nepal Press

इजरायलमा नेपालीहरूको अवस्थाबारे राष्ट्र संघलाई अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले इजरायलमा जारी युद्धबाट प्रभावित नेपालीहरूको सुरक्षाका लागि आवश्यक समन्वय गर्न संयुक्त राष्ट्र संघलाई ज्ञापनपत्र बुझाएको छ ।

इजरायलमा हमासको आक्रमणबाट १० नेपाली विद्यार्थीको ज्यान गएको र अहिले पनि केही घाइते तथा एक जना बेपत्ता रहेको जानकारी गराउँदै नेपाली समुदायको सुरक्षाका सवालमा गम्भीर बन्न ध्यानाकर्षण पनि गराएको छ ।

अध्यक्ष समिक बडाललगायतको टोलीले ज्ञापनपत्र बुझाउँदै भनेको छ, ‘बेपत्ता नेपालीहरूको सुरक्षा र स्वास्थ्य अवस्था सुनिश्चित गर्न र आवश्यक घाइतेहरूलाई सहयोग उपलब्ध गराउनका लागि ध्यानाकर्षण गराउँछौँ । सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थीमध्ये १७ जना किबुट्ज अल्मुमिममा अध्ययनरत थिए । ४ जना घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । २ जना सकुशल रहेका छन् । तर ११ जना अझै सम्पर्कविहीन भएका छन् ।

अहिले करिब ५ हजार नेपालीहरू केयर गिभर र लर्न एण्ड अर्न कार्यक्रमका लागि इजरायलमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर