प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै – Nepal Press

प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै

ल्हासा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदैछन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका उनी बुधवार तिब्बतको ल्हासा आएका थिए ।

प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गङ्गा विमानस्थल पुग्नेछन् र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनको साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन् ।

बुधवार ल्हासा आइपुगेका प्रधानमन्त्री दाहाल यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहेका थिए । प्रधानमन्त्री दाहाल गत शनिवारदेखि चीनको औपचारिक भ्रमणमा छन् ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै

  1. देश चरम आर्थिक संकट उन्मुख छ । जनता गरिवी, महंगी, वेरोजगारीको मारमा छन् । देशको मुखिया चाहिँ अनावश्यक भ्रमणमा हिडिरहेको छ । यस्तालाई मुखिया बनाउने तर लगाम लगाउन नसक्ने नालायकहरूलाई के भनौं खै ? गालि त कडै दिउँजस्तो लाग्छ तर कानूनको व्यवस्थालाई पनि ख्याल गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर