सहमति नभए चुनाव लड्नुहोस् तर प्यानल नबनाउनु होला : अध्यक्ष ओली – Nepal Press

सहमति नभए चुनाव लड्नुहोस् तर प्यानल नबनाउनु होला : अध्यक्ष ओली

सुर्खेत । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले‌ कर्णाली प्रदेशमा प्यानल बनाएर चुनावमा नजान आग्रह गरेका छन् । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले गुट-उपगुट नबनाइ सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिएका हुन् ।

‘ईन्चार्जलाई मेरो अथुरिटी छ । महासचिव पनि यहि बस्नु बस्नुहुन्छ । लिडरसीपको कुरा‌ सुनेर अधिवेशन गर्नुपर्छ’, उनले भने, ‘सहमति नभए चुनाव लड्नुहोस्, एउटाले‌ जित्छ एउटाले हार्छ प्यानल बनाएर‌ नलड्नु होला । नेतृत्वको जिम्मेवारी आ–आफ्नो जिल्लाको सहमतिअनुसार जिल्लाले गर्नुहोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर