एमाले बागमती अधिवेशन : थप चारसहित मतदाताको अन्तिम नामावली सार्वजनिक – Nepal Press

एमाले बागमती अधिवेशन : थप चारसहित मतदाताको अन्तिम नामावली सार्वजनिक

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत जारी बन्द सत्रमा अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ । अन्तिम नामावलीमा सुरूको भन्दा चारजना थपिएका छन् । नेतृत्वमा केन्द्रीय सदस्यद्वय कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच निर्वाचन हुने निश्चित देखिएको छ ।

यसअघि ११ सय ६५ प्रतिनिधि रहेकोमा अन्तिम नामावलीमा महमद समीम, आरिफ खाँ, प्रतिभा पाण्डे र केशवप्रसाद बडाल थपिएर ११ सय ६९ प्रतिनिधि कायम भएका छन् ।

३ बजेदेखि उम्मेदवारको फारम वितरण गर्ने भनिएकोमा प्रतिनिधिउपरको दाबी विरोध टुंगो नलागेकाले विलम्व भएको थियो । अहिले उम्मेदवारको मनोनयन फाराम वितरण थालिएको छ ।

मतदानका लागि राम-लक्ष्मण इनोभेसनले तयार पारेको ४० वटा विद्युतीय मेसिन जडान गरिएको छ । मतदान भोलि ११ बजेबाट सुरू गरिने कार्यतालिका छ ।

तस्बिरहरु : गौरव पौडेल । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर