जसपा रुपान्तरण र पुन:गठन अभियान- वडादेखि जिल्लासम्म खटिए यी नेता (सूचीसहित) – Nepal Press

जसपा रुपान्तरण र पुन:गठन अभियान- वडादेखि जिल्लासम्म खटिए यी नेता (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ ।

सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत नेताहरूलाई जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनका अनुसार बागमती प्रदेशअन्तर्गतका ६० जना पार्टीका केन्द्रीय समिति सदस्य र केन्द्रीय निकायका सदस्यहरूलाई सङ्गठन गठन, पुनःगठन तथा रुपान्तरणको जिम्मेवारी दिइएको उनले बताए।

जिम्मेवारी प्राप्त केन्द्रीय नेताहरूले यही असोज २० गतेभित्र प्रदेशअन्तर्गतका १३ वटै जिल्ला समन्वय समिति रुपान्तरण, गठन वा पुनःगठन गर्नुपर्ने छ । पालिका समितिको लागि असोज ३० गतेसम्मको समयसीमा तोकिएको छ ।

यस अवधिमा स्थानीय तहदेखि प्रदेश समितिसम्मलाई आ-आफ्नो तहका जनवर्गीय सङ्गठन, पेसागत सङ्गठनको बैठकको आयोजना, सङ्गठन गठन, पुनःगठनको कार्य पनि गर्न, गराउन भनिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर