मन्त्री किराँतीको टिप्पणी- पर्यटन बोर्डभित्रका खुम्लेकीराले पर्यटन क्षेत्रको विकास गर्न दिएनन् (भिडिओ) – Nepal Press

मन्त्री किराँतीको टिप्पणी- पर्यटन बोर्डभित्रका खुम्लेकीराले पर्यटन क्षेत्रको विकास गर्न दिएनन् (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन बोर्डभित्र खुम्लेकीरा रहेको टिप्पणी गरेका छन् ।

बुधबार पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले बोर्डभित्र खुम्लेकीरा भएका कारण पर्यटन क्षेत्र चलायमान बन्न नसकेको बताए । कालोसूचीलाई हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति काम गर्नुपर्ने आवश्यकतामा मन्त्रीको जोड थियो । हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस भइरहेको पनि उनले जानकारी दिए ।

मन्त्री किरातीले भने, ‘हाम्रो देशको आकाशको कालोसूची हटाएर पर्यटकलाई विश्वसनियता बनाउनको निम्ति केही कदम उठाइसकेका छौं । छिट्टै परिणाममा पुग्नेछौं । हामीले हवाई क्षेत्रमा अझै नीतिगत र संरचनागत सुधार गर्दै निगमलाई अघि बढाउने कोसिस गरिरहेका छौं । निगमद्वारा हामी जहाज खरिद गर्ने अन्तिम चरणतिर छौं । हामीले हाम्रो देशको ऐनलाई सच्याउन आवश्यक छ । यो पनि हाम्रो चुनौती हो । ३५ सालको पर्यटन ऐन बोकेर बसेका छौं । पर्यटन बोर्डलाई अब सक्रिय बनाएर लैजानु छ । हुन त त्यहाँभित्र खुम्लेकीराहरू छन् । हामी पर्यटन बोर्डलाई सक्रिय बनाएर पर्यटन प्रवर्द्धनको निम्ति अघि बढ्नेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर