मधेशबाट सुरु भयो ‘मन मन जसपा, घर घरमा जसपा’ अभियान – Nepal Press

मधेशबाट सुरु भयो ‘मन मन जसपा, घर घरमा जसपा’ अभियान

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)ले ’मन मनमा जसपा, घर घरमा जसपा’ नारासहित संगठन विस्तार अभियान सुरु गरेको छ ।

मधेश प्रदेशको जनकपुरबाट जसपाले संगठन विस्तार अभियान थालेको हो । आज एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले संगठन विस्तार अभियानको समुद्घाटन गरेका छन् ।

गौर हत्याकाण्डमा फसाउने षड्यन्त्र भइरहेको भन्दै आन्दोलनको तयारी स्वरुप जसपाले संगठन विस्तार अभियान चलाएको छ । अध्यक्ष यादवले तेस्रो मधेश आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्राप्त उपलब्धिलाई संस्थागत गर्न नदिन षड्यन्त्र भइरहेको भन्दै पुनः आन्दोलनको आवश्यकता रहेको उनले बताए । उनले भने, ’समावेशी समानुपातिक सिद्धान्तलाई राज्यका हरेक क्षेत्रमा लागु गराउन आन्दोलनको आवश्यकता छ । तपाईहरु यसका लागि तयार हुनुपर्छ ।’

बजेटमा समेत मधेशलाई विभेद गरिरहेकोमा अध्यक्ष यादव आक्रोश व्यक्त गरे । मधेशको जनसंख्या ५३ प्रतिशत छन् । तर बजेट मात्र १३ प्रतिशत दिन्छ । यो विभेद हो कि होइन् – अध्यक्ष यादवले प्रश्न गरे ।

संविधानमा समावेशी र समानुपातिकको कुरा उल्लेख भएपनि व्यवहारमा नदेखिएको अध्यक्ष यादवले बताए । संवैधानिक निकाय, प्रहरी प्रशासनलगायतका निकाय समावेशी अझै समावेशी नभएको भन्दै उनले अब आन्दोलनको विकल्प नरहेको बताए ।


प्रतिक्रिया

One thought on “मधेशबाट सुरु भयो ‘मन मन जसपा, घर घरमा जसपा’ अभियान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर