रेशम चौधरीले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागे : सुरेन्द्र चौधरी – Nepal Press

रेशम चौधरीले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागे : सुरेन्द्र चौधरी

कैलाली । नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले पार्टीका संरक्षक रेशमलाल चौधरीले समाजलाई उत्तेजित पारी व्यक्तिगत फाइदा उठाउन लागेको आरोप लगाएका छन् ।

शनिवार धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चौधरीले टीकापुर घटनाका निर्दोषको न्यायका लागि लड्ने र संविधानले दिएको समावेशिताको अधिकारका लागि पहल गर्ने उद्देश्यले स्थापना गरिएको पार्टीमा नातावाद, परिवारवाद हाबी भएकै कारण आफूले पार्टी परित्याग गरेको चौधरीको भनाई रहेको छ ।

‘उहाँलाई आफू छुट्नु थियो । श्रीमतीलाई मन्त्री बनाउनु थियो । त्यसैले राजनीतिक रूपमा समाज र चेतना स्तर कम भएका थारुहरूलाई उत्तेजित बनाएर व्यक्तिगत स्वार्थ पुरा गर्ने नियत देखाएपछि पार्टी त्यागेको हुँ’ चौधरीले भने ।

रेशमले २५ हजार रुपैयाँमा केन्द्रीय सदस्य पद बिक्री गर्दै आएको समेत उनले आरोप लगाएका थिए । उनले नातावाद र परिवारवादकै कारण रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी छाड्नेको लहर चलेको चौधरीको दाबी थियो ।

‘मान्छेलाई केन्द्रीय सदस्य बनाइदिन्छु भन्दै २५ हजार रुपैयाँ उठाउने, पछि नवीकरण नगर्ने, नातागोता र परिवारका व्यक्तिको मात्र नवीकरण गर्ने जस्ता काम उहाँले गर्दै आउनुभएको छ,’ चौधरीले भने ।

उनले चौधरीले हत्यारा हुँ भनेर दुनियाँ सामु माफी मागेको टिप्पणी समेत गरेका थिए ।

‘हामी रेशम चौधरी निर्दोष भनेर बोल्यौ, अभियान नै चलायौँ तर उहाँले म हत्यारा हुँ भन्दै कैद माफीका लागि राष्ट्रपति समक्ष निवेदन चढाउनुभयो । सारा दुनियाँका अगाडी छर्लङ्ग हुुने गरी माफी माग्नुभयो तर एक्लै निस्किनुभयो । आफैसँग जेल जीवन बिताइरहेका चार जनाको नाम पठाउनुभएन,’ चौधरीले भने, ‘त्यति मात्र होइन भविष्यमा मैले कुनै अवाञ्छित क्रियाकलाप गरेको प्रमाण भेटिए सरकारले कैद माफी फिर्ता लिन सक्नेछ भनेर हस्ताक्षर गरिदिनुभयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर