भारतीय पत्रकारले विमानस्थलभित्र भिडियो खिचेपछि ट्याक्सीचालकहरुको विरोध, साेधपुछपछि छाडियो – Nepal Press

भारतीय पत्रकारले विमानस्थलभित्र भिडियो खिचेपछि ट्याक्सीचालकहरुको विरोध, साेधपुछपछि छाडियो

काठमाडौं। त्रिभुवन विमानस्थलमा बिहीबार दिउँसो ओर्लिएका दुई भारतीय पत्रकारलाई प्रशासनले नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ।

स्रोतका अनुसार आगमन कक्षबाट बाहिरिएलगत्तै उनीहरुले ‘स्टेन्ड अप’ दिएर भिडियो खिच्न थालेका थिए। त्यसपछि ट्याक्सी चालकहरुले संवेदनशील ठाउँमा अनुमति नलिई भिडियो खिचेको भन्दै विरोध गरेका थिए।

त्यसक्रममा उनीहरुबीच झगडासमेत भएको थियो। त्रिभुवन विमानस्थलका अधिकारी र प्रहरीले ती दुई पत्रकारलाई सुरक्षित स्थानमा लगेर सोधपुछ गरेका थिए। स्रोतका अनुसार खिचिएको भिडियो डिलिट गरेर उनिहरुलाई छाडिएको छ। उनीहरु रिपोर्टिङका लागि नेपाल आएको बुझिएको छ।

‘उहाँहरुले अनुमति नलिई भिडियो खिचेको भन्दै ट्याक्सी चालकहरुले हो हल्ला गर्न थालेछन्’, विमानस्थल स्रोतले भन्यो। ट्याक्सी चालकले हालै सामाजिक सन्जालमा भाइरल रहेको कोशी ब्यारेजको भिडियोमा रहेकी महिला पत्रकार नै त्यहाँ आएको भन्दै विरोध गरेको बुझिएको विमानस्थलका अधिकारीले बताए।

नियन्त्रणमा लिइएका ती पत्रकार को थिए भन्नेमा विमानस्थलका अधिकारीले खुलाउन चाहेनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर