क्राइमिया पुलमा युक्रेनी आक्रमण : आतंककारी हमला भएको रुसको आरोप – Nepal Press

क्राइमिया पुलमा युक्रेनी आक्रमण : आतंककारी हमला भएको रुसको आरोप

काठमाडौं । युक्रेनले रुसी नियन्त्रणमा रहेको क्राइमिया पुलमा आक्रमण गरेको छ । रुसको रास्ट्रिय प्रतिआतंकवाद समितिले सोमबार एक सूचना जारी गरेर यसको सार्वजनिक जानकारी दिएको हो ।

आक्रमणमा परेर दुई युवाको मृत्यु र एक बालकको घाइते भएको समितिले जानकारी दिएको छ । युक्रेनी ड्रोन हमलामा परेर पुलमा क्षति पुगेर मानवीय क्षति भएको रुसले बताएको छ । रुसले युक्रेनी हमलालाई आतंककारी हमला भनेको छ ।

रुसी सरकारी विश्व च्यानल आरटीले यसलाई प्राथामिकतासाथ प्रकाशन गरेको छ । सन् २०१४ मा भएको एक जनमत संग्रहबाट क्राइमिया रुसमा गाभिएको थियो ।

रुसी भाषी बाहुल्य क्राइमिया जोड्ने क्राइमिया पुल रुसले सन् २०१९ डिसेम्बरमा संचालनमा ल्याएको थियो । सीएनएनले एक युक्रेनी अधिकारीलाई साभार गरेर हमला युक्रेनले गरेको बताएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर