रुसी विश्व च्यानलकी प्रधानसम्पादकको युक्रेनी हत्याको योजना विफल पारेको रुसी दाबी – Nepal Press

रुसी विश्व च्यानलकी प्रधानसम्पादकको युक्रेनी हत्याको योजना विफल पारेको रुसी दाबी

काठमाडौं । रुसले आफ्नो सरकारी स्वामित्वको विश्व च्यानल आरटीक प्रधान सम्पादकको युक्रेनी हत्या योजना विफल बनाएको दाबी गरेको छ ।

आरटीमा ब्रेकिङ न्यूज भन्दै हालसालै प्रकाशित समाचार अनुसार प्रधान सम्पादक मार्गरिता सिमोन्यान र पत्रकार केसिनिया सोभचेकलाई गरिएको हत्या प्रयास रुसी अधिकारीहरूले असफल पारेको उल्लेख गरेको छ ।

हत्या आरोपीहरूलाई पक्राउ गरेर उनीहरूको साथमा भएको सामान बरामद गर्दै रुसी सुरक्षा निकायले हत्याको लागी युक्रेनले दुई जनालाई १५ लाख रुबलको दरले रकम दिएको बताएको छ ।

उनीहरूको साथबाट हत्याको तयारीलाई आवश्यक बन्दुक, गोलिगठ्ठा र अन्य सामाग्रीहरू बरामद गरेको रुसी अधिकारीहरूले बताएका छन् । रुसमा यस अगाडि दुई सञ्चारकर्मीहरूको हत्या भइसकेको छ ।

रुस सरकारको पक्षमा खुलेर आउने दुई सञ्चारकर्मीहरूको हत्यामा युक्रेनको हात भएको रुसले बताउँदै आएको छ ।

युक्रेनले भने त्यसमा खण्डन गर्दै आएको छ । सन २०२२ फेब्रुअरी २४ बाट रुस र युक्रेन युद्ध सुरु भएको छ ।

युद्धलाई रुसले विशेष सैन्य कारबाही भनेको छ भने युक्रेनले भने आतंककारी हमला भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर