संकटमा परेको नेपालका लागि दीपेन्द्रले बनाए अर्धशतक – Nepal Press

संकटमा परेको नेपालका लागि दीपेन्द्रले बनाए अर्धशतक

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध १८२ रनको लक्ष्य पछ्याउने क्रममा दबाबमा परेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् ।

दीपेन्द्र ५० रनमा खेल्दैछन् । नेपालले ३५ ओभरमा ७ विकेट गुमाएर १३७ रन जोडेको छ । नेपालका कुशल भुर्तेल ३५, विकेटकिपर अर्जुन साउद १, ज्ञानेन्द्र मल्ल १३, कप्तान रोहित पौडेल ४, भीम सार्की १ र आरिफ शेख १ रनमा आउट भए ।

गुल्सन झाले १२ रन बनाए । ६३ रन जोड्दा ६ विकेट गुमाएको नेपालका लागि दीपेन्द्रले गुल्सन झासँग सातौं विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए ।

उनले आठौं विकेटका लागि सन्दीप लामिछानेसँग ३१ रनको साझेदारी गरिसकेका छन् । दीपेन्द्रले अर्धशतक पुरा गर्ने क्रममा ५५ बलमा २ छक्का र चार चौका प्रहार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *