यूएईका बलरको सर्ट बल अट्याक, नेपाल संकटमा – Nepal Press

यूएईका बलरको सर्ट बल अट्याक, नेपाल संकटमा

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईविरुद्ध १८२ रनको लक्ष्य पछ्याइरहेको नेपाल दबाबमा परेको छ । नेपालले १७ ओभरमा ५ विकेट गुमाएर ५५ रन जोडेको छ ।

यूएईले नेपाली ब्याट्सम्यानलाई सर्ट बल धरापमा पारिरहेको छ । कप्तान रोहित पौडेल र भीम सार्की सर्ट बलमा प्रहार गर्न खोज्दा आउट भएका छन् । यूएईले लगातार फास्ट बलर उतार्दै सर्ट बलमा नेपाली ब्याट्सम्यानलाई धरापमा पार्ने प्रयास गरिरहेको छ ।

विकेटकिपर अर्जुन साउद १, ज्ञानेन्द्र मल्ल १३, भीम सार्की र आरिफ शेख १-१ तथा कप्तान रोहित ४ रनमा आउट भए । यूएईका मोहम्मद जवादुल्लाहले ३ र जुनैद सिद्धिकी तथा सन्चित शर्माले एकएक विकेट हात पारे ।

कुशल भुर्तेल ३० रनमा खेल्दैछन् । यसअघि समूहगत चरणमा नेदरल्यान्ड्स र वेस्ट इन्डिजले पनि नेपाली ब्याट्सम्यानलाई सर्ट बल धरापमा पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *