यूएई १८१ रनमा अलआउट, सन्दीप र करणले लिए ३-३ विकेट – Nepal Press

यूएई १८१ रनमा अलआउट, सन्दीप र करणले लिए ३-३ विकेट

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको सेमिफाइनल प्लेअफमा यूएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको यूएईले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८१ रन जोड्यो । सन्दीप लामिछाने र करण केसीले ३–३ विकेट लिए । प्रतिस जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

सन्दीपले १० ओभरमा केवल २३ रनमात्र खर्चिए । उनले ३ मेडन राखेका थिए । करणले ८.५ ओभरमा ३६ रन खर्चिएका थिए ।

यूएईका लागि कप्तान भित्र्या अरविन्दले सर्वाधिक ४४ रन जोडे । रोहन मुस्तफाले ३५, बासिल हमिदले २९ र विकेटकिपर आर्यांस शर्माले २८ रन बनाए ।

रन नजोड्दै पहिलो विकेट गुमाएको यूएईले दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेको थियो । ९७ रनमा ४ विकेट गुमाएको अवस्थामा रोहन मुस्तफा र बासिल हमिदबीच पाँचौं विकेटका लागि ५८ रनको साझेदारी भएको थियो । यूएईले २६ रनमा अन्तिम ६ विकेट गुमाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *