बझाङमा ९० केन्द्रको मतपेटिका चैनपुर पुग्यो, तीन केन्द्रको लिन हेलिकप्टर उड्यो – Nepal Press

बझाङमा ९० केन्द्रको मतपेटिका चैनपुर पुग्यो, तीन केन्द्रको लिन हेलिकप्टर उड्यो

कैलाली । बझाङमा ९३ मतदान केन्द्र मध्ये ९० मतदान केन्द्रका मतपेटिका सदरमुकाम चैनपुर ल्याइएको छ ।

सदरमुकामबाट निकै टाढा रहेको साइपाल गाउँपालिकाका ३ स्थानको मतपेटिका केही बेरमा ल्याइने मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

उनका अनुसार तीन केन्द्रको मतपेटिका लिन हेलिकप्टर उडिसकेको छ । हिजो साँझ बझाङमा आएको हेलिकप्टर अहिले बिहान मतपेटिका ढुवानी गर्न साइपाल प्रस्थान गरेको हो ।

साइपालका तीन केन्द्रको मतपेटिका आए लगत्तै सर्वदलीय बैठक बस्ने र मतगणना प्रारम्भ गर्न आचारसंहिता तयार गर्ने जनाइएको छ । त्यसपछि मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत लामिछानेले बताए ।

बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा ६१ हजार ७६८ मतदाता रहेकोमा ३० हजार ३२८ मत अर्थात् ४९.१२ प्रतिशत मात्रै मत खसेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *