नयाँ संविधान जारी भएपछि पनि जनताले परिवर्तन महसुस गर्न सकेनन्: कृष्ण सिटौला – Nepal Press

नयाँ संविधान जारी भएपछि पनि जनताले परिवर्तन महसुस गर्न सकेनन्: कृष्ण सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको औंल्याएका छन् । उनले संविधानमा देखिएका कमी-कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस झापा-काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशन शनिबार काठमाडौंमा उद्घाटन गर्दै सिटौलाले संविधानमा देखिएका कमी-कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताएका हुन् ।

उहाले पछिल्लो समय प्रचण्ड नेतृत्वको तीन वटा फरक फरक सरकार बनेका कारण त्यसको असर प्रदेशमा देखिएको बताइ ।

राष्ट्रियसभा सदस्य सिटौलाले जनताको हितमा एजेण्डा तयार गर्दै उक्त एजेण्डामाथि समग्र पार्टी पङ्क्ति एकाकार भएर जनतामाझ जानुपर्ने बेला आएको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले जनताका पक्षमा उठाएका विषयमा सरकार गम्भीर नहुँदा कांग्रेसले संसद अवरोध गर्नुपरेको धारणा राखिन् । सदनमा सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको उनको भनाइ थियो ।

उनले कांग्रेस प्रजातान्त्रिक शक्ति भएकाले निकै संयम भएको भन्दै कांग्रेससँग सत्तापक्षले च्यालेन्ज गर्न खोजेको भए अवस्था अर्कै हुने चेतावनी दिइन् ।

कांग्रेसमाथि चौतर्फी रुपमा आक्रमण हुन थालेको भन्दै केन्द्रीय सदस्य प्रसाईंले पार्टीलाई एकताबद्ध भएर लाग्नुपर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर