आफैंले चलाएको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट गगनले थाले काठमाडौंमा स्वास्थ्य बीमा – Nepal Press

आफैंले चलाएको स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट गगनले थाले काठमाडौंमा स्वास्थ्य बीमा

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकामा स्वास्थ्य बीमा शुरु गरेका छन् । थापा आफैंले सांसदका रुपमा चलाएको शहरी स्वास्थ्य प्रवरद्धन केन्द्रबाट शनिबार स्वास्थ्य बीमा आरम्भ गरेका हुन् ।

थापाले आफू स्वास्थ्यमन्त्री भएका बेला परिकल्पना गरेको स्वास्थ्य बीमा र शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको एकसाथ अघि बढाएको उनको सचिवालयले जनाएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको स्वास्थ्य केन्द्रको दोस्रो वार्षिकोत्सवको अवसर पारेर शनिबारदेखि सो सेवा थालिएको हो । सोही अवसरमा केन्द्रले गरेका कामहरुको बुलेटिन सार्वजनिक गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर