मुडिवाको माटोमा उँभिएर ईश्वरले मदन भण्डारी सम्झिएपछि… – Nepal Press

मुडिवाको माटोमा उँभिएर ईश्वरले मदन भण्डारी सम्झिएपछि…

धनुषा। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोर्डिनेश केन्द्र, माले हुँदै एमालेको स्थापनामा धनुषावादीको अतुलनीय योगदान रहेको बताएका छन् ।  शनिबार नेकपा एमाले धनुषाको क्षेत्र नं। २ (कं मुडिवा टोलमा आयोजना गरेको पार्टी प्रवेश तथा वृहद्सभालाई सम्वोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् ।

उनले आम धनुषा जिल्ला र मुडिवा क्षेत्रका जनताको योगदान नभएको भए एमालेयति शक्तिशाली नहुने पनि स्मरण गराए। ‘अहिलेको नेकपा एमाले यहाँका जनताको विश्वास, इमानादारित, पार्टीप्रतिको समपर्णणका आधारमा यो पार्टी बनेको छ,’ उनले भने ‘एमाले जहिलेसम्म रहन्छ । त्यतिबेलासम्म धनुषा जिल्ला र यो ठाउँका जनताको हम्मेसा विश्वास गरिरहन्छ ।’

उनले सुरुवाती दिनमा पार्टी संगठनमा यहि क्षेत्रमा भूमिगत बसेर काम गरेको पनि स्मरण गराए ।

‘यो पटक यहाँ आउँदा त्यतिबेला हामीलाई आश्रय दिने धेरै साथीहरुसँग भेटभयो । भेट हुँदा धेरै खुशी लाग्यो । त्यतिबेला पाटी बचाउन र हामीलाई सुरक्षा दिन बहुत ठूलो योगदान गरेको स्मरण गराउन चाहन्छु,’ उनले भने, ‘जगदेव गोइवार, सोखीलाल मण्डल, रामअवतार मण्डल, जितन दासहरु एमालेलाई बचाउने खम्बाहरु हुन् । म उहाँहरुसबै धन्यवाद भन्छु, स्मरण गर्न चाहन्छु । कुनै समय धनुषा पार्टीको मुख्यालय बनाएर बसेका थियौँ ।’

जननेता मदनकुमार भण्डारी सबै भन्दा पहिला केन्द्रीय कमिटीमा धनुषा जिल्लामा भएको सम्मेलनबाटै आएको पनि उनले स्मरण गरे । ‘त्यसकारण पनि धनुषा जिल्लाको महत्व छ । कतिपय साथीहरुले गिरफ्तार भएर जेल गएर पनि हिम्मतका साथ, बहादुरीका साथ कम्युनिष्ट पार्टी बनेको हो,’ पोखरेलले भने, ‘यहाँका जनताको एमालेप्रतिको माया र उत्साहले हामीले खुशी छौँ ।’

कोर्डिनेशन केन्द्र र मुक्तिमोर्चाबीच २०३४ भदौ १४ गते विधिपूर्वक एकता भएपछि कोकेको तेस्रो सम्मेलन २०३५ साउन ४–९ मा धनुषाको ठेरा कचुरीमा सम्पन्न भएको थियो ।

सोही सम्मेलनमा मदन भण्डारी केन्द्रीय कमिटीमा आउनु भएको थियो त्यो सम्मेलनले ६ महिनाभित्र क्रान्तिकारी पार्टी गठन गर्ने निधो गरेको थियो । त्यतिबेला पूर्वको रातो झन्डा समूह, क्रान्तिकारी सन्देश समूह र अन्य भूमिगत सङ्गठनहरु पनि कोकेमै गाभिएका थिए । धनुषा सम्मेलनको निर्णयअनुसार २०३५ पुस ११ देखि १७ गतेसम्म मोरङको इटहरामा सम्मेलन भयो र सो सम्मेलनले नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी)अर्थात् ‘माले’ को स्थापना भएको थियो ।

पोखरेलले नेकपा ९एमाले० कांग्रेस, माओवादी वा अरु पार्टी नभएको र एमाले जनताको पार्टी भएको पनि स्मरण गराए ।

‘यो हिमाली, पहाडी, मधेसी, हिन्दु, मुस्लिम, बौद्ध सबैको पार्टी हो,’ उनले भने, ‘एमालेलाई सकाउन चौतफी हमला हुँदा पनि एमालेलाई सकाउन सकेनन् त्यो जनताको तागतका कारण हो । एमाले जनताको तागतमा बाँचेको पार्टी हो भन्ने सन्देश पनि हो, यो । गौरवपूर्ण इतिहास भएको पार्टी हो, यो जनताको हितमा काम गर्ने पार्टी हो ।’

एमाले मधेसमा जन्मिएको पार्टी

पोखरेलले एमाले मधेसमा जन्मिएको पार्टी भएको पनि स्मरण गराए । ‘कोर्डिनेशन केन्द्र होस या माले, एमाले हुँदा नै किन नहोस् सबै नेताहरु मधेसलाई नै आधार क्षेत्र बनाएर पार्टी संगठनमा लागेको गौरवपूर्ण इतिहास छ । यो सबै तराई–मधेसका जनताको योगदानकै कारण भएको हो,’ उनले भने, ‘त्यसैले हाम्रो पार्टीलाई आगामी निर्वाचनमा स्थानीय तह, प्रदेश र केन्द्रमा बहुमतसहितको ठूलो पार्टी बनाउन पनि मधेसका जनताको योगदान रहने अपेक्षा गरेका छौँ ।’

अहिले एमाले ठूलो पार्टी भए पनि तीनवटै तहको एकल नेतृत्व गर्ने अवस्थामा एमाले नभएको भन्दै एमालेल बहुमत ल्याएर सरकार चलाएको अवस्थामा देशविकासको अभियान ठिक ढंगले अघि बढ्न सक्ने उल्लेख गरे ।

‘त्यहि भएर म सबैलाई अनुरोध गर्न चाहन्छु । आगामी दिनमा एमालेलाई बहुमतसहितको ठूलो पार्टी बनाउन सबै लागौँ,’ उनले भने ‘हुलाकी राजमार्ग होस् या तराई–मधेसमा सिँचाईका लागि सुनकोशीमरिन डाइवर्सन, तराई मधेसमा गरेको जनता आवास कार्यक्रम होस या रेलमार्ग यी सबै केपी ओली प्रधानमन्त्री रहेका बेला भएको पनि स्मरण गराउँन चाहन्छु ।’

कार्यक्रममा पोलिट्व्युरो सदस्य लिलानाथ श्रेष्ठ र जुलीकुमारी महतोले पनि आगामी निर्वाचनमा केन्द्र र प्रदेशमा बहुमतसहित नेतृत्व गर्ने र स्थानीय तहमा शक्तिशाली हुने गरी काम गर्ने मिशनसहित एमाले लागेको उल्लेख गरे । कार्यक्रममा प्रदेश र जिल्ला तहका नेताहरुले पनि सम्वोधन गरेका थिए । कार्यक्रममा कांग्रेस, माओवादी, नेकपा समाजवादीलगायतका दल परित्याग गरी १ हजार भन्दा बढीले पार्टी प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर