यूएईको स्लो ब्याटिङ, सन्दीप लामिछानेको कसिलो बलिङ – Nepal Press

यूएईको स्लो ब्याटिङ, सन्दीप लामिछानेको कसिलो बलिङ

काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानको सेमिफाइनल प्लेअफमा नेपालविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको यूएईको रन गति सुस्त देखिएको छ ।

यूएईले २५ ओभरमा ३ विकेट गुमाएर ९२ रन जोडेको छ । नेपालका सन्दीप लामिछानेले २ र करण केसीले एक विकेट लिएका छन् ।

अहिले यूएईका कप्तान अरविन्द भित्र्या ४२ रनमा खेल्दैछन् । विकेटकिपर आर्यांस शर्मा २८ रन जोडेर आउट भए । ओपनर आसिफ खानले खाता खोल्न सकेनन् भने रमिज सेहजादले १० रन बनाए ।

रन नजोड्दै पहिलो विकेट गुमाएको यूएईले त्यसपछि दोस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेको थियो । सन्दीपले व्यक्तिगत पहिलो ओभरमा आर्यांसलाई आउट गर्दै उक्त साझेदारी तोडेका थिए । यूएईले ८५ रन जोड्दा सेहजाद आउट भएका थिए । सन्दीपले उनलाई एलबीडब्ल्यू धरापमा पारेका थिए ।

अहिलेसम्म नेपालका ६ जनाले बलिङ गरेका छन् । सन्दीपले ५ ओभरमा २ मेडन राख्दै ५ रनमात्र दिएका छन् । करणले चार ओभरमा १२, प्रतिस जीसीले ६ ओभरमा २६, गुल्सन झाले ३ ओभरमा १४ र आरिफ शेखले ६ ओभरमा ३१ रन खर्चिएका छन् । कुशल भुर्तेलले एक ओभरमा ४ रन खर्चिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *