यस वर्ष डेंगी महामारीकाे अवस्था कस्ताे छ ? : निर्देशक मरासिनी (भिडिओ) – Nepal Press

यस वर्ष डेंगी महामारीकाे अवस्था कस्ताे छ ? : निर्देशक मरासिनी (भिडिओ)

हेटौँडा । यो वर्ष नेपालमा डेंगी संक्रमण गत वर्षको भन्दा कम हुने प्रक्षेपण गरिएको छ ।

नेपाल प्रेससँग कुराकानी गर्दै स्वास्थ्य विभाग काठमाडौँका इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर रुद्र मरासिनीले यो वर्ष गत वर्षको भन्दा कम संक्रमणको आंकलन गरिएको भएपनि सतर्क भने हुनुपर्ने बताए ।

डेंगी महामारीको समय सुरु भैसकेको बताउँदै उनले डेंगी संक्रमण रोक्न सबैभन्दा पहिले समुदाय सचेत हुनुपर्ने बताए । डेंगुको जीवनचक्र सफा पानीमा सात दिनमा पुरा हुने भन्दै उनले आफ्नो घरवरपर सफा पानी जम्ने स्थानबारे याद गर्दै त्यस्तो जमेको पानीलाई पुर्ने, गमलमा भए खनाउने, गर्नुपर्ने उनले बताए ।

भिडिओ

गत वर्ष नेपालमा ६५ हजारमा डेंगी संक्रमण देखिएको बताउँदै उनले यो वर्ष त्यो संख्या घटेर १५ देखि २० हजारमा पुग्ने बताए ।

आफूहरुले यो पटक प्रारम्भबाटै रोकथामको काम गरेको बताउँदै उनले नेपालमा सबैभन्दा धेरै सचेत हुनुपर्ने स्थानहरु काठमाण्डौ उपत्यकाका ३ जिल्ला र चितवन रहेको बताए ।

गत वर्ष काठमाडाैं उपत्यकाको ३ जिल्लामा मात्र ४२ हजार संक्रमित भएको बताउँदै उनले काठमाडाैंको सबै स्थानीय तहसँगको सहकार्यमा लामखुट्टे आफ्नो वासस्थान बनाउने ठाउँलाई नष्ट गर्ने अभियान चलिसकेको बताए ।

डेंगु महामारी फैलिएको अवस्थामा आफूहरुले यो पटक सुरुबाटै अस्पतालहरुको व्यवस्थापनमा ध्यान दिइसकेको बताउँदै उनले रोग लाग्नु भन्दा रोग लाग्न नदिने वातावरण बनाउनको लागि सबै सचेत हुनुपर्नेमा जोड दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर