डिजिटल नेपाल फेमवर्कमा सरकारले जोड दिएको छः प्रधानमन्त्री दाहाल (भिडिओ) – Nepal Press

डिजिटल नेपाल फेमवर्कमा सरकारले जोड दिएको छः प्रधानमन्त्री दाहाल (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिजिटल नेपाल फेमवर्कमा सरकारले जोड दिएको बताएका छन् । शुक्रबार काठमाडौंको सोल्टी होटलमा प्रधानमन्त्री दाहालले ‘डिजिटल नेपाल कनक्लेभ २०२३’ को उद्घाटन गर्दै सरकारले डिजिटल नेपाल फेमवर्कमा जोड दिएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले सुचना तथा सञ्चरका क्षेत्रमा भएको विकासले दैनिक जीवनमा ठूलो भूमिका स्थापित गरेको प्रष्ट पारेका छन् । उनले भने, ‘सरकारले अत्यावश्यक सरकारी कामहररूमा हुने झ्नझटको अन्तय गर्न सरकारले काम अगाडि बढाइसकेको छ ।’

सरकारले सरकारी क्षेत्रमा प्रयोग भइरहेका प्रणालीको अझै विकसित गर्न सरकार अगाडि बढीसकेको छ । यसका साथै डिजिटल नेपालीको विकासका लागी प्रविधिहरूमा सरकारले जोड दिएको छ। सबै सरकारी वेवसाईडलाई एउटै मनाव स्ट्यान्डर्ड फेमवर्कको आधारमा काम गर्न शुरू भइसकेको छ ।

आजदेखि शुरू भएको कनक्लेभ  भाेलिसम्म चल्ने छ । दुई दिनसम्म चल्ने कार्यक्रममा मन्त्री तथा प्रादेशिक मन्त्रीहरूको उपस्थिति रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर