पीएसजी छोडेका मेसीको इन्टर मियामी जाने तयारी – Nepal Press

पीएसजी छोडेका मेसीको इन्टर मियामी जाने तयारी

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी) छोडेका अर्जेन्टीनी स्टार फरवार्ड लियोनेल मेसीले अमेरिकाको इन्टर मियामी क्लब जाने तयारि गरेका छन् ।

यसअघि, साउदी अरबियाको अल हिलालमा अनुबन्ध हुने कुरा चलेपनि उनी त्यहाँको प्रस्ताब अस्विकार गर्दै अमेरिका जान लागेका हुन् । मियामीसँगको सम्झौतामा मेसीले ‘कमर्सियल पार्टनर’ एडिडास र एप्पल ब्राण्डबाट बोनास पनि पाउनेछन् ।

३५ बर्षीय मेसीले सात पटक बालोन डी’ओर जितेका छन् । बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका मेसी पहिलो पटक यूरोप बाहिर खेल्न जान लागेका हुन् । उनी आगामी सिजन पनि यूरोपमै रहन चाहान्थे तर, उनी सामु मियामी र अल हिलालबीच एक क्लबमा अनुबन्द्ध हुनै पर्ने बाध्यता थियो । यो बीचमा उनी पूर्व क्लब बार्सिलोना जाने पनि चर्चा थियो ।

तर, अन्ततः मेसी जिवनशैली र फुटबल भन्दा बाहिर विभिन्न ठूला ब्रान्डहरुसँगको सम्झौताका कारण मेजर लिग सकर(एमएलएस) को इन्टर मियामीमा आबद्द हुने निर्णयमा पुगे ।

मेसीले पीएसजीमा दुई सिजन बिताउँदा दुबै सिजन लिग वानको उपाधि जिते । उनी क्ल्बमा रहँदा पीएसजीले च्याम्पियन्स लिगको अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो । उनले पीएसजीका लागि ७५ खेल खेल्दै ३२ गोल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर