बाँध भात्किए पनि सैन्य कारबाही रोकिदैँन : युक्रेन – Nepal Press

बाँध भात्किए पनि सैन्य कारबाही रोकिदैँन : युक्रेन

काठमाडौं । युक्रेनले दक्षिणी युक्रेनको नोभा काखोभका बाँध क्षतिग्रस्त भएपनि सैन्य कारबाही भने नरोकिने बताएको छ ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले उक्त बाँधमा पुगेको क्षतिलाई ‘व्यापक वातावरणिय क्षति’ को संज्ञा दिए तापनि सोही कारणले गर्दा युक्रेनले आफ्नो सैन्य कारबाही भने नरोकिने घोषणा गरेका हुन् ।

उनले रुसद्वारा उक्त बाँधमा क्षति पुर्याइएको दाबी गर्दै रुसले बाढीलाई हतियारको रुपमा प्रयोग गर्ने खोजेको आरोप समेत लगाएका छन् । नियन्त्रित क्रिमिया क्षेत्रमा रुसले आफ्नो पकड गुमाएसँगै रुस बाँधमा क्षति पुराएको जेलेन्स्कीको भनाई रहेको छ । यता रुसले भने युक्रेनलेनै सो बाधँमा क्षति पुर्याएको आरोप लगाएको छ ।

हालसम्म सो बाँधमा कुन देशले क्षति पुर्याएको हो भन्ने यकिन हुन भने सकेको छैन । रोयटर्सका अनुसार क्षतिग्रस्त बाँधबाट निस्किएको पानी हाल युद्ध भूमिसम्म पुगेको छ । अहिले बाढीको डरले वरपरका गाउँहरू खाली गर्ने काम भइरहेको छ भने खरसोनेलाई अलर्टमा राखिएको छ ।

युक्रेनमा यो बाँध सोभियत संघको शासनको समयमा (सन् १९५६) मा निर्माण गरिएको थियो । निप्पर नदीमा बनेको यो बाँध ३० मिटर अग्लो र ३.२ किलोमिटर क्षेत्रमा फैलिएको छ । रणनैतिक महत्वको उक्त बाँधबाट क्राइमिया र जापोरोज्ये आणविक संयन्त्रलाई पानी आपूर्ति गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर