रेशमलाई स्वागत गर्न दौडिएको भिडिओ खिच्नेलाई डीएसपी उद्धवसिंह भाटले यसरी थर्काए (भिडिओ) – Nepal Press

रेशमलाई स्वागत गर्न दौडिएको भिडिओ खिच्नेलाई डीएसपी उद्धवसिंह भाटले यसरी थर्काए (भिडिओ)

काठमाडौं । आममाफी पाएर छुटेपछि गृह जिल्ला कैलाली पुगेका रेशम चौधरीलाई स्वागत गरेको भिडिओ खिचेर आफ्नो बदनाम गराएको भन्दै डीएसपी उद्धवसिंह भाटले कार्यकक्षमा बोलाएर धम्क्याएका छन् । डीएसपी भाट दौडिँदै रेशमलाई स्वागत गर्न पुगेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

डीएसपी भाटलाई कारबाहीस्वरूप नेपाल प्रहरी विशेष सुरक्षागण सुनवल सरुवा गरिसकिएको छ । टीकापुर इलाका प्रहरी कार्यालयबाट रमाना लिएर जानुअघि उनले भिडिओ खिच्ने व्यक्ति जीवन चौधरीलाई बोलाएर धम्क्याएका हुन् । धम्क्याएको भिडिओ पनि बाहिरिएको छ ।

उक्त भिडिओमा डीएसपी भाटले भनेका छन्, ‘तिमीहरू रेशमलाई हिरो बनाउने चक्करमा मेरो बेइज्जत गर्ने ? पुलिसले स्वागत गर्न आएको छ भन्दा के सन्देश जाला ? तेरो लागि त राम्रो होला मेरा लागि नराम्रो सन्देश गयो नि । मेरा नातेदार, जिल्लाबासी जम्मै रिसाएका छन् । त्यो ८ जना पुलिस मरेका छन् मेरो गाउँले चारजना मरेका छन् । सबै रिसाका छन् मसँग ।’

डीएसपी भाटले जीवनलाई नागरिक उन्मुक्तिको पत्रकार भएको आरोप लगाएको सुनिन्छ ।

डीएसपी भाटले भने आफूलाई बदनाम गर्ने गरी सुनियोजित हिसाबले टिकटक बनाएको नेपाल प्रेसलाई बताए ।

‘मैले कार्यालयमा चिया खाँदै ममाथि नियोजित हिसाबले यसरी किन बदनाम गरेको भनेर सोधेको हो ? पत्रकार नभएर ती भाइ सामान्य टिकटक बनाउने भाइ हुन् । मैले नभनेका कुराहरू षड्यन्त्र गरेर भिडिओ भन्दै ल्याइयो’, भाटको गुनासो छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *