खुलेको खप्तड (फोटो फिचर) – Nepal Press

खुलेको खप्तड (फोटो फिचर)

खप्तड । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको लागि अहिले नेपाल-भारतका विभिन्न क्षेत्रबाट सहभागीहरु आउने क्रम जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्नेछन् ।

जेठ २५ गतेसम्म चल्ने खप्तड आध्यात्मिक सम्मेलनको लागि पतञ्जली योगपीठबाट बालकृष्ण आचार्य पुगिसकेका छन् । योगगुरु रामदेव मंगलबार आउँदैछन् ।

प्रदेश सरकारको आयोजनामा हुने खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा पूर्वप्रधानमन्त्रीहरु पनि उपस्थित हुने बुझिएको छ ।

डोटी, अछाम, बझाङ र बाजुराको सीमा क्षेत्रमा पर्ने खप्तडलाई स्वर्गको टुक्राको रुपमा पनि व्याख्या गरिन्छ । यहाँ २२ वटा पाटन र ५३ वटा थुम्का तथा त्यसको सौन्दर्यले खप्तड भूस्वर्गझैं लाग्छ ।

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई धार्मिक र पर्यटकीय हिसाबले समेत उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ ।

समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर