राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई – Nepal Press

राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई

हेटौँडा । हेटौँडामा भएको ‘खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८०’को उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ ।

स्वर्गीय केशवलाल स्मृति प्रतिष्ठान तथा मकवानपुर जिल्ला भलिबल संघको आयोजनामा भएको भएको प्रतियोगिताको शनिवार हेटौँडा–४, हुप्रचौरमा भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई हराउँदै एपीएफले उपाधि हात पारेको हो ।

एपीएफले आर्मीलाई क्रमशः २५–२०, १७–२५, २५–१७ र २९–२७ सेटले हराएको हो ।

उपाधिसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको आर्मीले एक लाख प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका विजयी थापा घोषित हुँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट सेटर एपीएफका सुवास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्डर आर्मीका ईश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पराज मल्ल घोषित भए । उनीहरूले नगद ५–५ हजार रुपैयाँ प्राप्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर