चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो, मागभन्दा ठीक उल्टो गरियो : भुवन केसी (भिडिओ) – Nepal Press

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍यो, मागभन्दा ठीक उल्टो गरियो : भुवन केसी (भिडिओ)

काठमाडौं । चलचत्रि विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन् ।

बिहीबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन् ।

उनले नेपाली चलचित्रको प्रवर्द्धनका लागि स्टुडियो बनाउने कुराले खुशी बनाएपनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताए ।

उनले बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउनुपर्ने कुरालाई बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि असन्तुष्टि जनाए ।

‘नेपाली चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो आवश्यक छ । एउटा स्टुडियो पनि नभएको अवस्थामा दुई वटा स्टुडियो अवधारणा आयो, त्यो सुन्ने बित्तिकै हामी हर्षित भयौँ, एउटा काभ्रो र अर्को दोलखाको । सरकारप्रीत हामी खुशी भयौँ । अर्को विदेशी चलचित्र आयात गर्ने बारेमा हामी सबैले छलफल गरेर सुझाव दिएका थियौँ की, विदेशी चलचित्रको शुल्क ५ प्रतिशतसम्म गरियोस् वा एक लाखसम्म गरियोस् भन्ने माग थियो’, उनले भने, ‘तर त्यसमा आउँदा १ प्रतिशत मात्रै आयो । हामीले चलचित्र सम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ । यस बारेमा जानकारी लिँदा अर्थ मन्त्रालयसम्म पुगेको रहेछ । अर्थ मन्त्रालयबाट हामीले पठाएको माग भन्दा ठीक उल्टो गरी आएको छ । प्रधानमन्त्रीज्यु भारत भ्रमणबाट आउनेबित्तिकै यसबारेमा कुरा गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले आश्वासन दिनुभएको छ ।’

अध्यक्ष केसीले चलचित्र क्षेत्रलाई सरकारबाट चासो नदिएकोप्रति प्रधानमन्त्रीको भारत भ्रमणपछि विस्तृत रुपमा छलफल गर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर