गगन थापा भन्छन्- कांग्रेसले अब चुनावअघि गठबन्धन गर्दैन, ८४ को चुनावलाई लिएर साथीहरू आत्तिसके (भिडिओ) – Nepal Press

गगन थापा भन्छन्- कांग्रेसले अब चुनावअघि गठबन्धन गर्दैन, ८४ को चुनावलाई लिएर साथीहरू आत्तिसके (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले पार्टी सरकारमा हुँदा पनि आगामी निर्वाचनको लागि पार्टीपंक्ति आत्तिएको महसुस गरेको बताएका छन्।

नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले हामी सरकारमा छौँ। तर, साथीहरु २०७४ मा निर्वाचन हार्दा पनि निराश नभएका साथीहरू अहिले आत्तिएको पाउँछु। साथीहरूमा छटपटी र आक्रोश छ। साथीहरूले अहिले भन्न थालिसके २०८४ को चुनाव हारिन्छ। म भन्छु चुनाव आउन अझै चार वर्ष बाँकी छ। अहिले हामीले जनताको लागि केही गर्‍यौँ भने काम गर्न सकिन्छ। अहिले अर्को निर्वाचनपछि सत्तामा कसरी जाने भन्ने चिन्ता गर्न हुँदैन।’

जेठको अन्तिम केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए। बैठक नबसेको गुनासो अन्त्य गर्नका लागि आगामी बैठकले अब बस्ने बैठकको मिति तोकेरै अघि बढ्ने बताए।

उनले चुनाव हारे पनि चुनावअघि गठबन्धन गर्न नहुने उनको भनाइ छ।

उनले भने, ‘गल्ती जहाँबाट हुन्छ त्यहीबाट सच्चाउने हो। कांग्रेसले अब चुनावअघि गठबन्धन गर्दैन। भदौमा कांग्रेसको नीति अधिवेशन हुँदै छ। त्यसले यो संकल्प गर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर