पशुपतिमा ओली सरकारले भ्रष्टाचार गरेको माओवादी सांसदको आरोपपछि एमालेद्वारा सदन अवरुद्ध (भिडिओ) – Nepal Press

पशुपतिमा ओली सरकारले भ्रष्टाचार गरेको माओवादी सांसदको आरोपपछि एमालेद्वारा सदन अवरुद्ध (भिडिओ)

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदहरूले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसदमा विरोध जनाएको हो ।

माओवादी सांसद लेखनाथ दाहालले सांसदले ओली नेतृत्वको सरकारले पशुपतिनाथको मन्दिरको जलहरीमा सुन भनेर पित्तल लगाएको आरोप लगाएका थिए । त्यसको जवाफ सरकारले नदिएसम्म एमालेले सदन चल्न नदिने प्रमुख सचेतक पदम गिरीले बताए ।

एमाले सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर