बागमती प्रदेश सरकारको १०० दिन : पुरानै कार्यक्रमको निरन्तरता, छैन नयाँ योजना – Nepal Press

बागमती प्रदेश सरकारको १०० दिन : पुरानै कार्यक्रमको निरन्तरता, छैन नयाँ योजना

हेटौँडा । मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारले एक सय दिन पुरा गरेको छ । गत २०७९ पुस २५ मा मुख्यमन्त्री नियुक्त भएको जम्कट्टेल सरकारले १०० दिनको अवधिमा कुनैपनि नयाँ काममा जोड दिन सकेको देखिएको छैन् ।

तत्कालीन सत्ता साझेदार दल एमाले तथा राप्रपाले सरकार छाडेपछि कांग्रेससँगको सहकार्यमा सत्ता सञ्चालन गरिरहेका मुख्यमन्त्री जम्कट्टेलले १०० दिनमा सरकारको कामको पत्रकार सम्मेलन मार्फत मंगलबार साँझ सार्वजनिक गरेका छन् ।

सरकारले गरेका १०० दिने उपलब्धीमा कारागारमा सेफ्टी ट्याङ्की निर्माणदेखि माझी र चेपाङ समुदायको सास्कृतिक पर्वहरुमा दिने बिदासम्म रहेको छ ।

मुख्यमन्त्री जम्कट्ट्लले सार्वजनिक गरेको १०० दिनको उपलब्धीमा मकवानपुरको भीमफेदी र सिन्धुली कारागारमा सेफ्टी ट्याङ्की निर्माण, चेपाङ समुदायको न्वागी (छोनाम) पर्व र माझी समुदायको लदी पर्वमा विदा दिने पनि रहेको छ ।

१४ मन्त्रालयलाई घटाएर ११ मन्त्रालय बनाउनु, राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता सञ्चालन गर्नु, रोजगामुलक तालिम सञ्चालन गर्नु, विद्यार्थीहरुलाई छात्रावृत्ति प्रदान गर्नु, कारागार तथा सुधारगृहमा रहेकाहरुलाई ३ दिने जीवनउपयोगी तालिम सञ्चालन गर्नु, प्रदेशका अस्पतालको सुधारका लागि उपकरणहरु दिनु, केहि अस्पतालमा डायलाईसिय सेवाको सञ्चालन गर्नु सहित नियमित सञ्चालन हुने सडक सुधार, कर्मचारीको बढुवा, १३ जिल्लाको सुरक्षा समितिको संयुक्त बैठक लगाएतको रहेको छ ।

सरकारले १०० दिनको अवधिमा विगतका निरन्तर चलेका कार्यक्रम बाहेक नयाँ तथा विशेष योजनाहरु सञ्चालन, सुभारम्भ गर्ने कुनैपनि कार्यहरु गर्न नसकेको मुख्यमन्त्रीले प्रस्तुत गरेको उपलब्धीमा उल्लेख भएको छ ।

तालिमको कार्यक्रमलाई जोड दिएको १०० दिने उपलब्धीमा देखिएको छ भने नीतिगत सुधार, जनताले प्रत्यक्ष थाहा पाउनेगरि हुने विकास निर्माण तथा शुसासनको क्षेत्रमन सरकारको ध्यान नगएको देखिएको छ ।

१०० दिने उपलब्धी सार्वजनिक गरेपछि पत्रकारको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री जम्कट्टेलले केहि नयाँ गर्ने प्रयास गरिएको र आउँदो आर्थिक वर्षबाट सबैले थाहा पाउने गरी नयाँ, गौरवका योजनाहरुमा काम हुने बताए । प्रदेश सरकारलाई वडा तहले गर्ने कामको आरोप लाग्ने गरेको बताउँदै मुख्यमन्त्री जम्कट्टेलले आगामी आर्थिक वर्षबाट सरकारले यस्ताखाले योजनामा ध्यान नदिने बताए ।

मन्त्री परिषद विस्तार किन हुँन सकेन भन्ने पत्रकारहरुको प्रश्नमा जम्कट्टेलले अन्य प्रदेशमा पनि गठवन्धनमा वाँडफाँडमा कुरा मिलि नसकेको र यो प्रदेशमा पनि केहि बाँकी रहेको बताए । उनले चाँडोभन्दा चाँडो सरकार विस्तारको तयारी गरेको बताए । सरकारमा धेरै सहभागिता बढाउने नाउँमा मन्त्रालय भने नफुटाईने उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर