भीम रावल भन्छन्- पार्टीले गठन गरेको वार्ता टोलीसँग संवाद गर्न तयार छु – Nepal Press

भीम रावल भन्छन्- पार्टीले गठन गरेको वार्ता टोलीसँग संवाद गर्न तयार छु

काठमाडौं । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावलले पार्टीले गठन गरेको वार्ता टोलीसँग संवाद गर्न आफू तयार रहेको बताएका छन् ।

सचिवालय बैठकले रावलसँग संवाद गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा लेखराज भट्ट र कर्ण थापा रहेको टोली गठन गरेको छ ।

सचिवालयले गठन गरेको वार्ता टोलीबारे आफूले नेपाल प्रेसको समाचारबाट थाहा पाएको भन्दै रावलले आफू वार्ता गर्न तयार रहेको बताए ।

जोसँग टसल परेको हो उनै नेताहरू वार्ता टोलीमा रहेकोमा असहज महसुस गरेको सन्दर्भमा भने आफूलाई वार्ता गर्न कुनै समस्या नरहेको बताए ।

उनले आफू पार्टीमा नीति सिद्धान्तमा छलफल गर्न र उचित जिम्मेवारीकै पक्षमा रहेको बताए ।

एमालेले रावलसँग संवाद गरेर उचित जिम्मेवारी दिने निर्णय गरेको बैठकपछि उपमहासचिव पृथ्वी सुब्बा गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर