भरतपुरमा नेपाल बैंकको २२८औँ शाखा – Nepal Press

भरतपुरमा नेपाल बैंकको २२८औँ शाखा

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २२८औँ शाखा सञ्चालनमा ल्याएको छ । शुक्रवार बैंकले भरतपुर महानगरपालिका–१० हाकिम चोकमा आफ्नो २२८औँ शाखाको विस्तार गरेको हो ।

समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रूपमा ताम्र पत्र अनावरण गरी शाखा समुद्घाटन गरेका हुन ।

प्रादेशिक कार्यालय बागमती प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पा र चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठ, उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, वीरेन्द्र क्याम्पसका प्रमुख दयाराम पौडेल, सप्तगण्डकी क्याम्पसका प्रमुख मणिराज महतो लगायत उपस्थित रहेको बैंकले बताएको छ ।

त्यसैगर कार्यक्रमका प्रमुख अतिथि सुरेन्द्र पौडेलले चितवन जिल्लामा प्रतिस्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैङ्किङ सेवा दिने गरी बैंक आएको र यसले चितवनवासीलाई आर्थिक रूपले समृद्ध बनाउने भूमिका खेल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर