कोशी प्रदेशको ठूलो क्याम्पस मेची बहुमुखीमा एमाले निकट अनेरास्ववियुको विजय – Nepal Press

कोशी प्रदेशको ठूलो क्याम्पस मेची बहुमुखीमा एमाले निकट अनेरास्ववियुको विजय

काठमाडौं । कोशी प्रदेशकै ठूलो झापास्थित मेची बहुमुखी क्याम्पसमा आइतबार भएको निर्वाचनको मतगणना सकिँदा एमाले निकट अनेरास्ववियुले जितेको छ ।

गठबन्धन उम्मेदवारलाई पराजित गर्दै अनेरास्ववियुका सन्देश धमलाले ९६० मत पाएर सभापतिमा जीत निकालेका हुन् ।

निकटतम प्रतिस्पर्धी नेविसंघका किशोर ढुंगानाले ८३० मत पाएका छन् । माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निटक अनेरास्ववियूको संयुक्त प्यानलका सभापति उम्मेदवार विशाल गिरीले २५६ मत पाएका छन् ।

त्यस्तै सचिवमा पनि अनेरास्ववियुकै विदन राई एक हजार १३ मतसहित विजयी भएका छन् । कोषाध्यक्षमा नेविसंघकी निलम कार्की विजयी भएकी छन् । सदस्यमा मिश्रित परिणाम आएको छ ।


प्रतिक्रिया

One thought on “कोशी प्रदेशको ठूलो क्याम्पस मेची बहुमुखीमा एमाले निकट अनेरास्ववियुको विजय

  1. हेर दिल्लीका दलाल हो एमाले अब तिमीहरूको काल बनेर आउँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर