कांग्रेसको निर्णय- सरकारमा सहभागी हुने, आजैबाट प्रतिपक्षी बेन्च एमालेलाई छाड्ने (भिडिओ) – Nepal Press

कांग्रेसको निर्णय- सरकारमा सहभागी हुने, आजैबाट प्रतिपक्षी बेन्च एमालेलाई छाड्ने (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा जाने र संसदमा आजबाटै प्रतिपक्षी बेन्च नेकपा एमालेलाई छाड्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सोमबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि सरकार विस्तारको प्रक्रिया अघि बढ्ने बताए ।

गठबन्धन दलका बीच हुने निर्णयका आधारमा पार्टीले मन्त्रीहरू पठाउने महतले बताए ।

‘भोलि विश्वासको मत लिइसकेपछि तत्काल प्रक्रिया अघि बढ्छ । गठबन्धन दलबीच कुरा भइरहेको छ । मोटामोटी आकारबारे नेतृत्व तहले गृहकार्य गरिरहेको छ’, उनले पत्रकारहरूसँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर