संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने नाै दलकाे निर्णय, सत्ता बाँडफाँट राष्ट्रपति निर्वाचनपछि – Nepal Press

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने नाै दलकाे निर्णय, सत्ता बाँडफाँट राष्ट्रपति निर्वाचनपछि

दुर्गा प्रसाईंको अभियानप्रति ध्यानाकर्षण

काठमाडौं । ९ दलीय गठबन्धनको बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विधेय संसदमा लैजाने निर्णय गरेको छ ।

पछिल्लो समय संविधानविपरीत गतिविधि भइरहेको भन्दै गठबन्धन बैठकमा त्यसमा ध्यानाकर्षण भएको नेपाली कांग्रेका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । यो व्यवस्था र संविधानका विरुद्धमा भइरहेका गतिविधिहरुलाई निरुत्साहित गर्नुपर्ने निर्णय भएको लेखकले जानकारी दिए । उनले दुर्गा प्रसाईंले गरेका गतिविधितर्फ संकेत गर्दै यस्तो बताए ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यसै संसदमा लगिने लेखकले बताए । पीडित परिवारलाई ध्यान दिएर कानून पनि बनाउने र आयोगहरु पनि बनाउन अघि बढ्ने निर्णय भएको उनले बताए ।

अदालतले प्रधानमन्त्रीविरुद्धको रिट दर्ता गर्न अनुमति दिएको विषयमा बैठकमा के भयो भन्ने सञ्चारकर्मीकाे प्रश्नमा उनले भने, ‘अदालतले पनि सहयोगी भूमिका निर्वाह गर्छ भन्ने हामीलाई विश्वास लागेको छ । संक्रमणकालीन विषय भनेको सबैको साझा विषय हो नि । यसमा अदालतले पनि सहयाेगी भूमिका खेल्छ भन्ने छ ।’

उनले सत्ता बाँडफाँटकाे विषय राष्ट्रपतिकाे निर्वाचनपछि छलफल हुने बताए ।


प्रतिक्रिया

2 thoughts on “संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा लैजाने नाै दलकाे निर्णय, सत्ता बाँडफाँट राष्ट्रपति निर्वाचनपछि

  1. काङ्रेसको रोड्म्याप तयार ::
    राष्ट्रपतिको चुनावको भोलिपल्ट के हुन्छ !?
    त्यो बेला सम्म प्रचन्डलाई घास देखाउछ काङ्रेशले :: चुनावअको भोलिपल्ट मार हान्छ, यो ‘कत्ति’ मा धार लगाएको हो !! बुर्किएको ‘बोको’ को हालत :: प्रचन्ड, तयार होउ !!

  2. कति वर्षसम्म संक्रमणकाल ? फटाहा लुटेराहरूलाई देश लुटन दिन संक्रमणकाल ? छिटो जेल कोच्नुपर्छ गैरन्यायिक हत्याराहरूलाई । काँग्रेसलाई देश लुटनु छ जे पनि भन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर