बीबीसीको मुम्बई-दिल्ली कार्यालयमा भारतीय आयकर विभागको छापा – Nepal Press

बीबीसीको मुम्बई-दिल्ली कार्यालयमा भारतीय आयकर विभागको छापा

काठमाडौं । बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर विभागले छापा मारेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार ६०-७० जनाको टीमले कार्यालयमा छापा मारेको हो ।

हाल उक्त कार्यालयमा कार्यरत मिडियाकर्मीको फोन जफत गरिएको र कार्यालय परिसरमा आवतजावतलाई निषेध गरिएको रिपोर्टमा उल्लेख छ । आयकर विभाग स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बीबीसीले कर छली गरेको आरोपमा उक्त छापा मारिएको हो ।

हालैमात्र बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २००२ गुजरात प्रकरणमा खेलेको भूमिकाबारे ‘द मोदी क्वेसन’ नामक डकुमेन्ट्री सार्वजनिक गरेको थियो । उक्त डकुमेन्ट्रीले मोदीविरुद्ध प्रोपोगण्डा फैलाउन नियोजित षड्यन्त्र गरेको भन्दै भारत सरकारले सो सामग्रीमाथि प्रतिबन्ध लगाएको थियो ।

हालैमात्र भारतीय गृहमन्त्री अमित शाहले पनि बीबीसीलगायतका सञ्चारमाध्यम २००२ देखि मोदीको विरुद्ध भ्रम फैलाउन लागिपरेको बताएका थिए ।

आयकर विभागको छापापछि भारतको प्रमुख प्रतिपक्ष दल भारतीय कांग्रेसले उक्त कदमलाई अघोषित आपतकालको संज्ञा दिएको छ । ‘पहिला मोदीबारे डकुमेन्ट्री आयो, अहिले बीबीसीमाथिको यो छापा । यो अघोषित आपतकाल हो’ भारतीय कांग्रेसले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर