दोलखाका कांग्रेस सभापतिको वक्तव्य- सूर्यमुखी र अर्थमुखी कांग्रेसलाई क्षमादान दिएँ – Nepal Press

दोलखाका कांग्रेस सभापतिको वक्तव्य- सूर्यमुखी र अर्थमुखी कांग्रेसलाई क्षमादान दिएँ

चरिकोट । नेपाली कांग्रेस दोलखाका सभापति वर्मा लामाले प्रदेश सभा निर्वाचनमा आफूलाई हराउन भूमिका खेल्ने कांग्रेसकै ठूला नेतासहित अन्तर्घातीहरूलाई सुध्रिने मौका दिने भन्दै क्षमादान गरेको बताएका छन् ।

जिल्ला सभापति लामाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै चुनावमा अन्तर्घात गरेको प्रष्ट रहेका र अन्तर्घातीहरूको नामावली समेत आवश्यक परेको बेला सार्वजनिक गरिने भन्दै अहिलेलाई पार्टी केन्द्रमा कारबाहीका लागि सिफारिस नगर्ने जनाएका छन् ।

लामाले विज्ञप्तिमा भनेका छन्–पार्टी सभापतिको गहन जिम्मेवारीलाई मनन गर्दै अन्तर्घात गर्ने,पार्टीको उम्मेदवारलाई असहयोग गर्ने सूर्यमुखी एवम् अर्थमुखी केही कांग्रेसहरु समेतलाई सुध्रने अवसर प्रदान गर्दै, ठूलो छाती बनाएर पार्टीलाई एक ढिक्का बनाउनको निमित्त सुदृढ र संगठित कांग्रेस निर्माणको लागि सबै असहयोगी साथीहरूलाई क्षमादान गर्ने निर्णयमा पुगेको अवगत गराउन चाहन्छु ।

गत निर्वाचनमा दोलखामा तत्कालीन गठबन्धनबाट कांग्रेसले दुवै प्रदेश सभा र माओवादी केन्द्रले प्रतिनिधि सभामा टिकट पाएका थिए । लामा प्रदेश क्षेत्र २ बाट उम्मेदवार बने पनि पराजित भएका थिए ।

उनले आफूमाथि कांग्रेसकै नेताहरू लागेर अन्तर्घात भएको र पैसा खाएर एमालेलाई भोट हालेको आरोप लगाउँदै कारबाहीका लागि केही नेताहरूको नामै किटेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर