सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? – Nepal Press

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन तोलामा १ हजार २ सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो।

आज छापावाल सुनको मुल्य प्रतितोला १ हजार २ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार ५ सय रूपैयाँ कायम रहेको छ ।

यस्तै तेजावी सुनको मुल्य भने १ लाख ७ हजार रूपैयाँ पुगेको छ । बुधवार छापावाल सुनको कारोबार तोलाको १ लाख ६ हजार ३०० रुपैयाँमा ‍भएको थियो।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। बिहीबार चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। बुधवार चाँदी प्रतितोला एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर