१३औं सागका विजेतालाई किरात राई खेलकुद संघले गर्‍यो सम्मान – Nepal Press

१३औं सागका विजेतालाई किरात राई खेलकुद संघले गर्‍यो सम्मान

काठमाडौं । किरात राई खेलकुद संघले नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेतालाई नगदसहित सम्मान गरेको छ ।

संघले आफ्नो १०औं स्थापना दिवसको अवसरमा सागमा किरात राई समुदायबाट स्वर्ण, रजत र कास्य पदक जित्ने १९ खेलाडीलाई सम्मान गरेको हो । संघका सचिव प्रविन कुलुङ राईका अनुसार उनीहरूलाई जनही नगद १० हजार रूपैयाँसहित सम्मान गरिएको छ ।

सागमा स्वर्ण पदक जित्ने उसुका जुनी राई, गल्फका शुक्रबहादुर राई र तेक्वान्दोका सुशिला राई सम्मानित भएका हुन् ।

त्यस्तै करातेका एस्तार राई, तेक्वान्दोका संगीता राई, ब्याडमिन्टनका अनुमाया राई र सीता राई, भारत्तोलनका संगीता राई र अस्मिता राई र आर्चरीका इमायुङ राई सम्मानित भएका छन् ।

त्यस्तै बास्केटबलका डा. आशा राई र विकास चाम्लिङ राई, ह्याण्डबलका उमा राई, रञ्जना राई र निशा राई, शारीरिक सुगठनका उमेश राई र देवराज पराजुली र बक्सिङका पुरन राईलाई पनि सम्मान गरिएको छ ।

संघले बास्केटबलका प्रशिक्षक विकास चाम्लिङ राई र टीम व्यवस्थापक मिनाकुमारी राई र प्रमिला राईलाई पनि सम्मान गरेको छ ।

कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यलयमा आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खेलाडीहरूलाई नगदसहित प्रशंसापत्र प्रदान गरे ।

खेलाडीहरूको हौसला र प्रोत्साहनको लागि किरात राई खेलकुद पत्रकार संघले खेलाडीको सम्मान गरको संघका अध्यक्ष सञ्जय राईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर