नेपाली चलचित्र ‘छड्के २’ जापानभर सोल्ड आउट – Nepal Press

नेपाली चलचित्र ‘छड्के २’ जापानभर सोल्ड आउट

जापान । बहुप्रतिक्षित चलचित्र ‘छड्के २’ जापानभर सोल्ड आउट भएको छ । जापानको राजधानी टोकियोसहित नागोया, सिजुओखालगायतका शहरहरुमा सोल्ड आउट भएको हो ।

जापानका लागि आधिकारिक वितरक कम्पनी नमस्ते टोकियोका सचिन आचार्यले दिएको जानकारीअनुसार सोल्ड आउटसँगै चलचित्र निगाता, तोचिगी, सेन्दाई, चिवा, ओसाका, कोबे, फुकुयामा, फुकुओका, ओकिनावालगायतका क्षेत्रमा प्रदर्शन पक्का भएको छ ।

‘जापानका सबै क्षेत्रमा प्रदर्शन हुने गरी ‘छड्के २’ सोल्ड आउट भएको छ’, आचार्यले भने, ‘कतिपय क्षेत्रमा एनआरएनएका क्षेत्रीय समितिहरुसँग सहकार्य गरेका छौं ।’

सो चलचित्र टोकियोमा मार्च ५ तारिख प्रदर्शन मिति तय भएको छ । अरु क्षेत्रमा प्रदर्शन मिति फिक्स भैसकेको छैन ।

चलचित्रमा अनमोल केसी ग्याङ्गस्टार अवतारमा छन् । रक स्टार रविन तमाङ्गले समेत अभिनय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर