मुम्बईको स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन, बलिउडकर्मीले गरे तारिफ – Nepal Press

मुम्बईको स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सन, बलिउडकर्मीले गरे तारिफ

काठमाडौं । मुम्बईको स्टुडियोमा ‘ह्यारी कि प्यारी’को पोस्ट प्रोडक्सनको काम भइरहेको छ । उक्त फिल्मको बलिउडकर्मीले गरे नै तारिफ गरेपछि निर्माण पक्ष हौसिएको छ ।

‘दर्शकमाझ पुग्न जरुरी जस्तो लागेपछि मिक्सिङको काम अगाडि बढाएँ । यो मेरो करिअरको माइलस्टोन हो । सिनेमाले भावनात्मक रुपमा दर्शकसँग कनेक्ट गर्न सक्छ’, बलिउडका साउण्ड इन्जिनियर दासले सिनेमाको तारिफ गर्दै भने ।

पहिलो पटक नेपाली सिनेमामा कलरको काम गरेका प्राइम स्टुडियोका सिनियर कलरिस्ट मनोज वर्मा ‘ह्यारी कि प्यारी’ को कामले नयाँ अनुभव पाएको बताए । उनले नेपाली सिनेमालाई बलिउड जतिकै प्राथमिकता राखेर काम गरेको प्रतिक्रिया दिए ।
‘ह्यारी कि प्यारी’मा बलिउड सिनेमा ‘बजरंगी भाइजान’को लेभलको कलरको काम भएको उनको भनाइ छ ।

स्टुडियोका प्रोडक्सन हेड निर्मल गाला आफूहरुले राम्रो काम दिने र समयमै सिनेमाको काम सकाउने बताउँछन् । उनले २० वर्षे लामो करिअरमा ८ सय बढी सिनेमाको काम गरेका छन् ।

सिनेमाको लागि ब्याकग्राउण्ड म्युजिसियनको काम गरेका बापीले ‘ह्यारी कि प्यारी’ मनोरन्जनको प्याकेजिङ भएको र संगीत दिँदा मज्जा आएको बताए ।

‘उहाँहरुले भावनात्मक सिनेमा बनाउनुभएको छ । जसमा नेपालको ग्रामीण भेगलाई मज्जाले उतार्नुभएको छ । नेपाल र सिनेमाको मर्म मर्न नदिन मैले इन्टरनेशनल लेभलको ब्याकग्राउण्ड म्युजिक दिएको छु । आशा छ, नेपाली दर्शकहरुले मन पराउनु हुनेछ’, ब्याकग्राउण्ड स्कोरर बापीले भने ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर