डा. सुनिल शर्माको प्रतिबद्धता- पूर्वाञ्चल विश्वविद्यालयमा अब २४ सै घण्टा स्वास्थ्य सेवा (भिडिओ) – Nepal Press

डा. सुनिल शर्माको प्रतिबद्धता- पूर्वाञ्चल विश्वविद्यालयमा अब २४ सै घण्टा स्वास्थ्य सेवा (भिडिओ)

काठमाडौं । मोरङ क्षेत्र नं ३ बाट निर्वाचित डा. सुनिल शर्माले पूर्वाञ्चल विश्वविद्यालयमा २४ सै घण्टा स्वास्थ्य सेवा उपलब्ध हुने बताएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै डा. शर्माले विश्वविद्यालयलाई नयाँ व्यवस्थापन र योजना बनाएर सञ्चालन गर्ने विषयमा विज्ञहरूसँग सल्लाह गरिरहेको बताए ।

विगतमा बिहान १० बजेदेखि १२ बजेसम्म मात्रै स्वास्थ्य सेवा सुचारु भइरहेको विश्वविद्यालयमा माघबाट २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी सहमति भएको उनले बताए ।

विश्वविद्यालयमा दक्ष चिकित्सकको अभाव भएमा आफ्नो मेडिकलबाट चिकित्सक ल्याएर भए पनि सेवा सुचारु गर्न तत्पर रहेको शर्माको भनाई छ ।

विश्व विद्यालयका उपकुलपति यादव प्रसाद कोइरालाले मेडिकल कलेज सञ्चालनको विषयमा सांसद शर्मासँग चर्चा गरेका थिए ।

मेडिकल कलेज सञ्चालनमा आए यहाँका विपन्न विद्यार्थीहरूले स्वास्थ्य शिक्षा सम्बन्धी उच्च ज्ञान जिल्ला बाहिर जानुपर्ने अवस्थाका अन्त्य हुने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर