ज्ञानेन्द्र शाहीले भने- संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउँछु (भिडिओ) – Nepal Press

ज्ञानेन्द्र शाहीले भने- संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउँछु (भिडिओ)

काठमाडौं । जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउने बताएका छन् ।

चुनाव जितेर काठमाडौं फर्किएका शाहीले विमानस्थलमै आफ्ना समर्थकलाई सम्बोधन गर्दै भ्रष्टाचारविरुद्ध संसदबाट आवाज उठाउने बताए ।

शाहीले वाइडबडी काण्ड, मेलम्ची काण्ड, एनसेल काण्डजस्ता ठूला भ्रष्टाचार काण्ड मच्चाउनेहरुको भण्डाफोर संसदबाट गर्ने बताए ।

ज्ञानेन्द्र शाहीले विमानस्थलमा पत्रकारसँग विशेष कुराकानी गर्ने भनेर बोलाएका थिए तर उनका समर्थकले बाजागाजासहित नाराबाजी गरेपछि पत्रकार सम्मेलनका साटो सम्बोधन गरेर हिँडेका छन् ।


प्रतिक्रिया

One thought on “ज्ञानेन्द्र शाहीले भने- संसदको पहिलो बैठकमा एमसीसीविरुद्ध आवाज उठाउँछु (भिडिओ)

  1. राप्रपाको निर्णय हो ? त्यो पार्टीको साँसदले एक्लै एजेण्डा उठाउने ? नैतिकता, लोकतान्त्रिक चरित्र छैन ?

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर