ज्ञानेन्द्र शाहीको आक्रोश- हिजो मलाई गृहमन्त्रीको आदेशमा डीएसपीले कुटे, लुगा च्याते – Nepal Press

ज्ञानेन्द्र शाहीको आक्रोश- हिजो मलाई गृहमन्त्रीको आदेशमा डीएसपीले कुटे, लुगा च्याते

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति आवश्यक रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सहकारीमा लाखौँ मानिस पीडित भएको बताए । मंगलबार राप्रपाले गरेको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्रीको निर्देशनमा आफूमाथि कुटपिट भएको उनको आरोप थियो । गृहमन्त्री रवि लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उनले अहिले उनै गृहमन्त्रीले कुटपिट गराएको जिकिर गरेका हुन् ।

उनले भने, ‘रवि लामिछाने यो देशको गृहमन्त्री हुँदै गर्दा माइतीघर मण्डला निषेधित गराउनुभएको छ । यो देशको संविधान ठूलो कि गृहमन्त्री ठूलो ? नेपालको संविधानले स्पष्ट भनेको छ, शान्तिपूर्णरूपमा कुनैपनि मान्छेले, कुनैपनि समूहले, कुनैपनि दलले आफ्नो मत राख्न पाउँछन् । निषेधाज्ञा कहाँ गर्ने भन्ने थाहा छ कि छैन ? भोलि सभामुख र हामी सांसदहरूको घर पनि निषेधाज्ञा बन्देला । बाथरुम पनि निषेधाज्ञा बन्देला । सिंहदरबार निषेधाज्ञा हो, संसद भवन, राष्ट्रपति कार्यालय निषेधाज्ञा हो ? पूर्वगृहमन्त्री बुद्धिमान तामाङलाई कुटपिट गरिएको छ । हिजो मलाई गृहमन्त्रालयको आदेशमा डीएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभयो । यसलाई कालो दिनमा रूपमा हामीले हेरेका छौँ । सुशासन मुखमा होइन व्यवहारमा गर्नुस् ।’

प्रमुख सचेतक शाहीले २०४७ सालपछिका सार्वजनिक व्यक्तिहरूको सम्पति छानबिन गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए ।


प्रतिक्रिया

One thought on “ज्ञानेन्द्र शाहीको आक्रोश- हिजो मलाई गृहमन्त्रीको आदेशमा डीएसपीले कुटे, लुगा च्याते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर