राप्रपा प्रदर्शनमा दमन भएको भन्दै राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा – Nepal Press

राप्रपा प्रदर्शनमा दमन भएको भन्दै राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा

‘हाम्रो ४० बुँदे माग थियो, अब ४१ बुँदे भयो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् । आज पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएको भन्दै उनले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

प्रदर्शनकै क्रममा गरिएको कोणसभामा बोल्दै लिङ्देनले गृह प्रशासन र मन्त्रीको भत्र्सना गरेका थिए ।

उनले भने, ‘म गृहमन्त्री रवि लाछिानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौं । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौं । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ ।’

प्रहरीको बल प्रयोगबाट आफ्ना थुप्रै नेता कार्यकर्ता घाइते भएको लिङ्देनले बताए । उनले कार्यकर्ताहरुलाई विचलित नभइ जुलुसमा अगाडि बढ्न आग्रह गरे । राप्रपाको जुलुस वानेश्वर पुगेर आमसभामा परिणत हुने भएको छ ।

 

 


प्रतिक्रिया

One thought on “राप्रपा प्रदर्शनमा दमन भएको भन्दै राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर