धनगढीमा आज पनि विद्यार्थीकाे प्रदर्शन, पाँचजना पक्राउ – Nepal Press

धनगढीमा आज पनि विद्यार्थीकाे प्रदर्शन, पाँचजना पक्राउ

कैलाली । धनगढीमा ग्रेडरले ठक्कर दिँदा विद्यार्थीको मृत्यु भएपछि सुरु भएको आन्दोलन आज पनि विद्यार्थीले जारी राखेका छन् ।

धनगढीको हसनपुर पिपलचौतारा सडकखण्ड कालोपत्रे गर्ने क्रममा हिजो ग्रेडरले चेतना साउदलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको थियो । विद्यार्थीहरुले कारबाहीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

धनगढी स्थित पञ्चोदय मावि हसनपुरको कक्षा ८ मा अध्ययन गरिरहेकी साउदलाई साइलमा विद्यालय जाँदै गर्दा ग्रेडरले ठक्कर दिएको थियो।
जिल्ला प्रशासन कार्यालयले हिजो साझ देखि अर्को सूचना जारी नहुदा सम्मको लागि निषेधाज्ञा लगाएको छ ।

विद्यार्थीले निषेधाज्ञामै आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा प्रहरी र विद्यार्थीबीच धकेलाधकेल भएको छ । भने केही विद्यार्थी पक्राउ परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर