मनमोहनको सालिकमुनि बसेर अशोक राईले भने: चालक दल मिल्नुको विकल्प छैन (भिडिओ) – Nepal Press

मनमोहनको सालिकमुनि बसेर अशोक राईले भने: चालक दल मिल्नुको विकल्प छैन (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका वरिष्ठ उपाध्यक्ष अशोक राईले लोकतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि सबै गम्भीर हुन आवश्यक भएको बताएका छन्।

एमालेको सहयोगमा सुनसरी क्षेत्र १ बाट निर्वाचित भएपछि नेकपा एमालेका संस्थापक सदस्य मनमोहन अधिकारीको सालिकमुनि बसेर उनले भने आफूले गरेका प्रतिवद्धताहरुलाई कार्यान्वयन गर्ने बताए।

एकजनाले जित्ने अरुले हार्ने निर्वाचन प्रणाली भएपनि आफूले कसैले नहार्ने गरी काम गरेर देखाउने उनले बताए।

उनले भने, ‘यो व्यवस्था त्यतिकै खेलाँचीमा आएको होइन। यो लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्नु हामी सबैको  कर्तव्य हो। त्यो जिम्मेवारी जनताले मंसिर ४ गते पूरा गरिसकेका छन्।’

नेपालको राजनीति सरल रेखामा नहिँडेकोले त्यसलाई स्थिर बनाएर सरल रेखामा हिँडाउन सबै एकजुट हुन आह्वान समेत गरे।

उनले भने, ‘जसले यो व्यवस्था ल्याउन लडेकाहरु ढुक्क हुन सक्छौँ। जनतालाई पनि यही व्यवस्थाले सुख र समृद्धि दिन्छ।’

संसदमा पुगेपछि पहिलो काम व्यवस्था जोगाउनप्रति नै जोड दिनुपर्ने बताए।

जसपा नेता राईले भने, ‘दलका नेताहरुबीच दूरी बढेको छ। एउटा दलको नेताले अर्को दलका नेतालाई दूरी बढेको छ। त्यसलाई विश्वासको सम्बन्धमा बढाउनुपर्छ। मुलुकलाई एक्लैले अगाडि बढाउन सक्दैनौँ। परिवर्तनलाई सीधा रेखामा हिँडाउन सबै चालक पार्टीहरुले आपसमा समझदारी बनाएर विश्वासको वातावरण बनाउनुपर्छ।’

नयाँ पार्टी र स्वतन्त्रहरु पनि संसदमा पुगेकाले आफ्नो दायित्व पुुरा गर्न गम्भीर भएर लाग्ने विश्वास व्यक्ति गरे। नेता राईले एमाले छाडेको १० वर्षपछि एमालेकै सहयोगमा २८ वर्षपछि प्रत्यक्ष चुनाव जितेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर