विश्वकपः साविक विजेता फ्रान्स ट्युनिसियासँग हार्यो – Nepal Press

विश्वकपः साविक विजेता फ्रान्स ट्युनिसियासँग हार्यो

काठमाडौं । साविक विजेता फ्रान्स समूह चरणको अन्तिम खेलमा ट्युनिसयासँग १–० गोलको नतिजमा पराजित भएको छ ।

एजुकेसन पार्क रंगशालामा सम्पन्न खेलमा ट्युनिसियासँग पराजित भएपनि फ्रान्स समूह ‘डी’ को विजेताको हैसियतले शिर्ष स्थानमा रहँदै अन्तिम १६ प्रवेश गरिसकेको छ ।

पहिलो हाफ गोरहित बराबरीमा सकिएको खेलमा ट्युनिसियालाई जित दिलाउन ५८औं मिनेटमा कप्तान वाहबी खाज्रिले गोल गरे ।

छैठौं पटक विश्वकप खेलेको ट्युनिसियाले आजसम्म समूह चरण पार गर्न सकेको छैन ।

पहिलो खेलमा डेनमार्कसँग गोलरहति बराबरी खेलेको ट्युनिसिया दोस्रो खेलमा अस्ट्रेलियासँग १–० गोलको नतिजमा पराजित भएको थियो । अन्तिम खेलमा विश्व च्याम्पियन फ्रान्सलाई हराउँदै सुखद अन्त्य गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर