मुटुमा प्वाल परेपछि पाँच वर्षीय छाेरीको ज्यान बचाइदिन बुबाको अपील – Nepal Press

मुटुमा प्वाल परेपछि पाँच वर्षीय छाेरीको ज्यान बचाइदिन बुबाको अपील

काठमाडौं । झापाको बाह्रदशी-२ की पाँच वर्षीय बालिकालाई मुटुमा गम्भीर समस्या देखिएपछि उपचारका लागि सहयोगको अपील गरिएको छ ।

स्थानीय प्रेम बहादुर बुढाथोकीकी पाँच वर्षीय छोरी मनिषा बुढाथोकीको मुटुमा प्वाल परेर काठमाडौंस्थित शहिद गगालाल हृदय केन्द्रमा उपचार भइरहेकोमा परिवारको आर्थिक अवस्था नाजुक भएकाले प्रेमले उपचारका लागि सहयोग गर्न अनुरोध गरेका हुन् ।

आफ्नो पनि स्वास्थ्य अवस्था राम्रो नभएको र आर्थिक अवस्था निकै नै कमजोर भएकोले आफ्नो नानीको जीवन रक्षा गर्नलाई उपचारका लागि आर्थिक सहयोग मागेको बालिका मनिषाका बुबा प्रेमले नेपाल प्रेसलाई बताए ।

परिवारले आफ्नी नाबालकको ज्यान बचाइदिन सबैमा अपील गरेको छ । सहयोगका लागि प्रेम बहादुर बुढाथोकीको प्राइम बैंकमा रहेको बैंक खाता नं. १०००००५४ वा मोबाइल नम्बर ९८१६९२३९९१ मा पठाउन वा सम्पर्क गर्न उपलब्ध गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर