विश्वकपः अस्ट्रेलियाको पहिलो जित – Nepal Press

विश्वकपः अस्ट्रेलियाको पहिलो जित

काठमाडौं । ट्युनिसियालाई १–० गोलको नतिजामा पराजित गर्दै अस्ट्रेलियाले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डी’ मा पहिलो जित निकालेको छ ।

अल जानोब रंगाशालामा सम्पन्न खेलमा अस्ट्रेलियालाई जित दिलाउन मिचेल ड्युकले निर्णायक गोल गरे ।
खेलको २३औं मिनेटमा ड्युकले गोल गर्दे अस्ट्रेलियालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमै लिएको अग्रतालाई खेलको अन्तिम समयसम्म कायम राख्दै उत्कृष्ट जित दर्ता गरेको हो ।

पहिलो खेलमा फ्रान्सससँग ४–१ गोलकोे नतिजामा पराजित भएको अस्ट्रेलियालाई नकआउट चरणमा स्थान बनाउने सम्भावना बचाई राख्न आजको खेल जित्नै पर्ने दवाव थियो ।

जितसँगै अस्ट्रेलिया तालिकाको दोस्रो उक्लिएको छ ।

समूह ‘डी’ अन्तर्गत आजै हुने दोस्रो खेलमा ९ः४५ बजे फ्रान्स र डेनमार्क भिड्दैछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *